This page, तपाईंको स्मार्टफोनमा MassNotify सक्षम गर्नुहोस्, is offered by

तपाईंको स्मार्टफोनमा MassNotify सक्षम गर्नुहोस्

आफ्नो फोनलाई लडाइमा लगाउनुहोस्। तपाईं अनावृत हुनुभएको छ वा छैन भनी थाहा पाउनुहोस् र कोभिड-19 को सङ्क्रमण रोक्न मद्दत गर्नुहोस्।

MassNotify भनेको कोभिड-19 मा अनावृत भएका हुन सक्ने प्रयोगकर्ताहरूलाई सतर्क गराउन गोपनीयतालाई ध्यानमा राख्दै स्मार्टफोनहरूको माध्यमद्वारा काम गर्ने एक नयाँ उपकरण हो। तपाईं कोभिड-19 को प्रसारण विरूद्ध हाम्रो लडाईमा अर्को उपकरण थप्न र आफ्नो iPhone वा एन्ड्रोइड फोनमा MassNotify लाई सक्षम गर्न मद्दत गर्न सक्नुहुन्छ।

तपाईंको फोनमा MassNotify कसरि सक्षम गर्ने जान्नुहोस्

Table of Contents

MassNotify को बारेमा

MassNotify COVID-19 फैलाव कम गर्न मद्दत गर्ने Google र एप्पलसँग साझेदारीमा विकास गरिएको नयाँ सेवा हो।

  • अप्ट इन द्वारा, तपाईंको यन्त्रले तपाईंको फोनको ब्लुटूथ प्रयोग गर्ने अन्य MassNotify प्रयोगकर्ताहरूसँग नामरहित कोडहरू साझा गर्नेछ।
  • MassNotify कोडहरूले व्यक्तिगत जानकारी र स्थान डाटालाई समावेश गर्दैन र पूर्ण रूपमा नामरहित हुन्छ।
  • तपाईंको नजिकको अर्को प्रयोगकर्तालाई 14 दिभित्रमा COVID-19 परीक्षणमा पोजेटिभ देखिएमा, तपाईंलाई सूचित गरिनेछ। तपाईंको परीक्षण पोजेटिभ देखियो भने, तपाईंले COVID-19 फैलाव रोक्नको लागि सजिलैसँग र नामरहित रूपमा अन्यलाई सूचित गर्न सक्नुहुन्छ।

तपाईंको फोनमा MassNotify कसरि सक्षम गर्ने

तपाईं iPhone वा Android स्मार्टफोन सेटिङहरूमा MassNotify अन गर्न सक्नुहुन्छ ।

iPhone मा (एक निर्देशात्मक भिडियो यहाँ हेर्न सकिन्छ):

  1. सेटिङहरूमा जानुहोस्
  2. अनावरण सूचनाहरूमा तल स्क्रोल गर्नुहोस्
  3. “अनावरण सूचनाहरू अन गर्नुहोस्" मा क्लिक गर्नुहोस्
  4. “जारी राख्नुहोस्" मा क्लिक गर्नुहोस्
  5. संयुक्त राज्य अमेरिका चयन गर्नुहोस्, त्यसपछि म्यासाचुसेट्स चयन गर्नुहोस्
  6. MassNotify सक्षम गर्नका लागि निम्न स्क्रिनहरूमा रहेका निर्देशनहरूको पालना गर्नुहोस्

नजिकैका अन्य प्रयोगकर्ताहरू पत्ता लगाउन MassNotify का लागि ब्लुटूथ अन गरिएको हुनुपर्छ भन्ने कुरा ध्यानमा राख्नुहोस्।

Android फोनमा (एक निर्देशात्मक भिडियो यहाँ हेर्न सकिन्छ):

  1. सेटिङहरूमा जानुहोस्
  2. Google” क्लिक गर्नुहोस्
  3. “कोभिड-19 अनावरण सूचनाहरू” मा क्लिक गर्नुहोस्
  4. “आफ्नो क्षेत्र चयन गर्नुहोस्” मा ट्याप गर्नुहोस्
  5. संयुक्त राज्य अमेरिका चयन गर्नुहोस्, त्यसपछि म्यासाचुसेट्स चयन गर्नुहोस्
  6. "जारी राख्नुहोस्" मा क्लिक गर्नुहोस् र MassNotify सक्षम गर्नका लागि निम्न स्क्रिनहरूमा रहेका निर्देशनहरूको पालना गर्नुहोस्

नजिकैका अन्य प्रयोगकर्ताहरू पत्ता लगाउन MassNotify का लागि ब्लुटूथ अन गरिएको हुनुपर्छ भन्ने कुरा ध्यानमा राख्नुहोस्।

MassNotify संसाधनहरू

यदि तपाईंलाई MassNotify सँग प्राविधिक समस्या भइरहेको छ भने, तपाईंले हाम्रो हेल्पडेस्क massnotifyhelp@mass.gov मा इमेल गर्नुहोस्

अन्य व्यक्तिहरूलाई MassNotify सक्षम गर्न प्रोत्साहन गर्नका लागि तपाईंले आफ्नो समुदायसँग साझा गर्न सक्ने सामग्रीहरूका लागि MassNotify सहायक टुलकिट डाउनलोड गर्नुहोस्। टुलकिटमा पहुँच गर्न यहाँ क्लिक गर्नुहोस्।

Feedback